प्रदेश

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज



काठमाण्डौ, ०५ पुष । त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्नु हुनेछ ।

दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी आज दीक्षित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

स्नातक तहका विद्यार्थीलाई भने परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र मात्रै उपलब्ध गराइनेछ । उनीहरुले चाहेमा गाउन तथा स्कार्फ भने उपलब्ध गराइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६