अन्तर्राष्ट्रिय

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित



काठमाण्डौ, ०५ पुष । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् ।

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्नुभएको बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाउनु भएको छ ।

बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुनुहुन्छ । उहाँले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गर्नु भएको थियो ।

चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६