प्रदेश

एमसीसीको बहानामा गठबन्धनलाई तोड्ने संकेत देखियोः डा. भट्टराई



काठमाण्डौ, ०५ पुष । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने संकेत रहेको बताउनुभएको छ ।

आज सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनु को रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा। भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको हो ।

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सत्ता गठबन्धन भत्काएर नयाँ ढङ्गको प्रतिगमन आउने खतरा रहेको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हामीले ध्यान पुर्‍याउन सकेनौँ भने, खासगरी एमसीसीको मुद्दामा गठबन्धनका घटकहरूका बीचमा एउटा सहमति जुटाएर हामी अगाडि बढ्न सकेनौँ भने यही बहानामा भित्री र बाहिरी शक्तिहरूले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरि अर्को ढङ्गले प्रतिगमन अगाडि आउने खतरा छ । यतापट्टि हामी सबैको ध्यान आकृष्ट होस् ।’

अध्यक्ष भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आउँदो चुनावसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताउनुभयो । प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उहाँको तर्क छ । गठबन्धनका दलहरूबीच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उहाँको जोड छ ।

अध्यक्ष भट्टराईले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । उपलब्धिहरू अपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्णता दिँदै जानुपर्ने पनि बताउनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६