हरि घिमिरे, ०५ पुष ।
कपिलवस्तुको बुद्धभुमिमा भएको माध्यामिकस्तरिय बक्तित्वकला प्रतियोगितामा रेसिडेन्सीयल अङ्ग्रेजी बोडिङ्ग स्कुलकी छात्रा प्रथम भएकी छन् । किशोर किशोरी तथा युवा कार्यक्रम (AYP) अन्तर्गत सञ्चालन भएको “आजको आवश्यकता किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको सुनिश्चितता” बिषयमा प्रतियोगिता सञ्चालन भएको थियो । जसमा सहभागी १४ जना प्रतिस्प्रधिलाई उछिन्दै रेसिडेन्सीयल अङ्ग्रेजी बोडिङ्ग स्कुलका छात्रा कुसुम न्यौपाने प्रथम भएकी हुन् । त्यसैगरि श्री माध्यामिक विद्यालय ईमिलीयाका छात्रा दिपा आचार्य दोस्रो तथा शिद्धार्थ स्मारक माध्यामिक विद्यालय भेलाईका छात्र रेशम गैरे तेस्रो भएको शिद्धार्थ स्मारक माध्यामिक विद्यालयका शिक्षक वासुदेव खनालले बताए । कार्यक्रममा बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले निणार्यकको भूमिका निर्वाह गरेका थिए । विजेता सम्पूर्ण विद्यार्थीहरूलाई रेसिडेन्सीयल अङ्ग्रेजी बोडिङ्ग स्कुलले बधाई ज्ञापन गरेको सञ्चालक राजेन्द्र पि.सी.ले जानकारी दिए । बुद्धभुमि नगरपालिकाको आयोजना तथा कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । श्री माध्यामिक विद्यालय ईमिलीयाको विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य वामदेव खनालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक गणेश पौडेलले गरेका थिए । श्री माध्यामिक विद्यालयमा सम्पन्न कार्यक्रममा १४ विद्यालयको सहभागिता रहेको थियो ।
५ पुस २०७८, सोमबार
प्रतिक्रिया