जीवनशैली

राष्ट्रिय मामिलामा सरकारको दृष्टिकोण नै छैन :महासचिव पोखरेल



दाङ ५पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धनको सरकार आफ्नो दृष्टिकोण समेत बनाउन नसक्ने अवस्था रहेको बताउनुभएको छ । दाङको घोराहीमा प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले राष्ट्रका मामलामा आफ्नो दृष्टिकोण बनाउन नसक्ने गठबन्धन किन सरकारमा छ भन्दै प्रश्न गर्नुभएको छ ।
एमसिसी जस्तो मामलामा सरकारले आफ्नो दृष्टिकोण बनाउन नसकेर प्रतिपक्षको आश गरेर बसेको पनि उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले एमसिसिका मामलामा सरकारको दृष्टिकोण के हो? भन्दै प्रश्न पनि गर्नुभएको छ। पोखरेलले राष्ट्रका हेरेक नयाँ मुद्दामा गठबन्धन सरकारले निर्णय गर्न नसकेको भन्दै दृष्टिकोण बनाउन नसक्ने गठबन्धन सरकार बस्न नसुहाउने दाबी गर्नुभयो । जनमत विपरित सरकार बन्नु लोकतन्त्रको विपरीत भएको भन्दै गठबन्धनले यसैलाई लोकतन्त्रको लेपन लगाएर प्रचार गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य सूर्य थापा, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ट उपाध्यक्ष माधव नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थि, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी लगायतकाले पत्रकारहरुले निश्पक्षता र सत्यतालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६