अर्थ-वाणिज्य

लुम्विनीका ९ जिल्लाका बिधार्थीलाई कोरोना खोप : ९ प्रतिशतद्वारा खोप अस्वीकार



कपिलवस्तु ५ पुस । लुम्बिनी प्रदेशका ९ जिल्लाका विद्यार्थीलाई सोमवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सोमबारदेखि सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो।लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियाका विद्यार्थीलाई मोडर्ना खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अभियान पुस १४ गतेसम्म जारी रहनेछ।

यता सरकारले कपिलवस्तुका पाँच स्थानीय तहमा हैजाविरुद्ध दिएको निःशुल्क ओरल कोलेरा भ्याक्सिन नौ प्रतिशत नागरिकले नलिएको पाइएको छ । ९१ प्रतिशतले उक्त खोप लिए पनि बाँकीले अशिक्षा, चेतनाको कमी र डर–त्रासका कारण लिन नमानेको स्वास्थ्यकर्मीले बताए ।मंसिर ५ देखि १२ गतेसम्म अभियान र त्यसपछि तीन दिन थपिँदा ७९ दशमलव ४ प्रतिशतले मात्र पहिलो मात्रा खोप लिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।त्यसपछि १० दिन खोप अभियान थपिएपछि ९१ प्रतिशत पुगेको कार्यालयका महामारी नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनुभएको छ । विश्व स्वास्थ्य संठगनको सहयोगबाट प्राप्त खोपको एक डोज नेपाल आइपुग्दा ६ डलर परेको छ । असोज १८ गते कृष्णनगर नगरपालिकाबाट फैलिएको हैजा र झाडापखालाले चार स्थानीय तहका सात जनाको मृत्यु भएको छ । १ हजार ५ सयभन्दा बढी व्यक्ति उपचारपछि निको भएका थिए ।

पहिलो डोज खुवाएको १४ दिनदेखि ६ महिनाभित्र दोस्रो डोज दिइने बताइए पनि दोस्रो डोजको खोप अझै नेपाल आएको छैन । हैजा गम्भीर खालको झाडापखाला हो । समयमा यसको उपचार गरिएन भने पीडितको केही घण्टामै मृत्यु हुन सक्ने हुँदा यो संवेदनशील मानिने तौलिहवा अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले वताए । भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्वपूर्ण हुने उहाले बताउनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६