अर्थ-वाणिज्य

लोकतान्त्रिक समाजवादी पार्टी एमसिसी को पक्षमा



काठमाडौं ५ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । 

एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो । 

लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ´ कर्णले न्युज कारखानासँग भने ।

यो निर्णयसँगै एमसिसीको पक्षमा उभिने लोसपा दोस्रो दल बनेको छ । यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी सत्ता गठबन्धनसहितका अधिकांश दलले एमसीसी पास गर्न नहुने बताएका थिए । 

प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राजपा लगायतका दलले चर्को विरोध गरेको थियो । 

त्यस्तै एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गणबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६