जीवनशैली

एमसिसीका कारण मुलुक संकटमा फस्न सक्ने पाण्डेको चेतावनी



काठमाडौं ६ पुस । एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् । पाण्डेले एमसिसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनीसमेत दिए । सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीसँग पाण्डेले एमसिसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट आउन सक्ने तर्क गरेका हुन् । पाण्डेले एमसिसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भीर असहमति रहेको दाबी गरे । 

उनले भने, ‘एमसिसी संसदबाट अनुमोदन गरेर मात्रै पैसा दिन्छु भनेर अमेरिकाले भनिरहेको छ । अरू धेरै सहायता क्याबिनेटले निर्णय गरेर दुईपक्षीय निर्णयमा स्वीकृत गर्ने गरिन्छ । यो पैसा क्याबिनेट निर्णयले मात्रै पुग्दैन । संसदबाटै अनुमोदन चाहिन्छ भन्ने सर्त नेपाल सरकारले पनि मानिदिएको कारणले अहिले संसदमा नगई यो म दिन्न भन्ने र यो पैसा लिनुहुन्न भन्ने बहस विवाद पनि तीव्र छ । सरकारले सम्भवतः एमसिसीकै लागि अधिवेशन छिटो बोलायो । सर्वदलीय बैठक बसेको कुरा छ । बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरूको बैठक विनानिष्कर्ष टुंगियो अथवा सरकार पक्षकै दलहरूका बीचमा पनि विमतिहरू चरम रूपले पैदा भए ।

अहिले पनि गर्नुहुँदैन यसलाई लिनुहुँदैन भन्ने दलहरूको भनाइको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरूकै बीचमा पनि गम्भीर असहमति देखिन्छ । प्रधानमन्त्री यो गर्ने कि नगर्ने ? भन्नेमा छन । र, यो घटनाले नेपालका अहिले देखापरेका कतिपय राजनीतिक संकटलाई गहि¥याउने हो कि भन्ने अवस्था पनि देखा पर्दै छ । यस्तो बीचमा नेपाल छ । यसो हुनाले म तपाईंहरूलाई के भन्न चाहन्छु भने– यसको समाधान यदि हामीले अथवा यो सामान्य पैसा लेनदेनको विषय मात्रै भयो भने केही छैन । नेपाल सरकारले कुनै देशले दिएको पैसा लियो वा लिएन भन्ने कुरा ठूलो होइन । तर, यो राजनीतिक सम्बन्धमा गएर समस्या सिर्जना गरिदियो भने हामीे गम्भीर क्षतिको अवस्था ब्यहोर्नुपर्ने हुन्छ ।

जस्तो अमेरिकासँगको सम्बन्ध जटिल बनिदियो भने भोलि वैदेशिक सहायताको पक्ष कमजोर बन्न गएर नेपालले एक प्रकारको राजनीतिक र आर्थिक संकट भोग्नुपर्ने अवस्था आउन सक्छ । यसलाई हामीले बडो बुद्धिमतापूर्वक समाधान खोज्नुपर्ने हुन्छ । तर, सरकार यो ढंगले जिम्मेवार बनेर काम गर्न खोजिरहेको छैन ।’पाण्डेले मुलुक अब निर्वाचनतर्फ जानुको विकल्प नरहेको पनि बताए । मुलुक संकटको बीचमा उभिएको र त्यसको समाधान निर्वाचनबाटै हुने भएकाले अब मुलुक निर्वाचनमा जाने उनको दाबी थियो ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६