खोज–अनुसन्धान

फरार अभियुक्त खोज्दै गर्दा प्रहरीद्वारा ८ जना पक्राउ




अर्घाखाँची ६ पुस ।विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो । अर्घाखाँचीमा प्रहरी प्रमुख भएर प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्री आएसँग फरार अभियुक्त पक्राउ पर्न थालेका हुन।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार चालू आर्थिक बर्षको पछिल्लो चार महिनामा आठ जना फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

पछिल्लो पटक २०७८ मसिर २३ गते बहुविवाह गरि फरार रहेका बसन्त नेपाली, पाणिनी गाउँपालिका साविक मैदान गाविस वडा नम्वर ९ का नारायण बहादुर सुर्यवसीलाई हत्या गरि फरार रहेका सोही स्थानका हुमबहादुर रास्कोटी, लागुऔषधमा संलग्न पाणिनी गाउँपालीका साविक पाली गाविस वडा नम्वर २ निवासी रोसन अली पक्राउ परेका छन् ।त्यस्तै कर्तव्य ज्यानमा फरार रहेका सितगंगा नगरपालिका वडा नं. ७ निवासी खिमबहादुर पुलामी, छत्रदेव गाउँपालिका वडा नं.४ निवासी गोकुल बस्नेत चोरी सम्बधी कसुरमा फरार रहेकोमा प्रक्राउ गरिएको प्रहरी निरीक्षक सुजन शाहले बताउनुभयो।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६