प्रदेश

एमसीसीको पासो थापेर गठबन्धन भत्काउने षडयन्त्र भइरहेको भन्दै सत्ताधारी नेताहरु सशंकित



काठमाडौँ, ०६ पुष । सत्तारुढ घटक मध्यको एक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काउन नेकपा एमालेले कांग्रेसलाई एकलौटी सरकारको लोभ देखाइरहेको आरोप लगाउनुभएको छ ।

तर एमालेको उक्त प्रयासलाई आफूहरुले सफल हुन नदिने उहाँले बताउनुभयो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने दाबी गर्नुभयो । गठबन्धन भत्किन नदिन प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

एमसीसी सम्झौता पास गर्ने हो भने सत्ता गठबन्धन भत्काउनुपर्ने प्रस्ताव एमालले सरकारलाई गरिरहेको माओवादीको आरोप छ । अध्यक्ष प्रचण्डले भने गठबन्धन भत्किन नदिन एमसीसीका बारमा पनि साझा धारणा बनाउने कसरत आफूहरुले गरिरहेको बताउनुभयो । प्रचण्डले प्रतिगमनकारी ओलीले एमसीसीको पासो थापेर गठबन्धन भत्काउने षडयन्त्र रचिरहको उहाँले दोहो¥याउनुभयो ।

यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडानमा रहेको एकीकृत समाजवादी पार्टीले पनि यसबारे साझा धारणा बनाउने प्रयास भइरहेको जनाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई ख्याल राखेर एमसीसीबारे निर्णय गर्नुपर्ने बताउनुभयो । गठबन्धन भत्काउन एमसीसी प्रयोग हुन सक्के खतरा रहेको उहाँको पनि बुझाई छ ।

सुरु देखि नै एमसीसीको पक्षमा रहनुभएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमसीसीको सन्दर्भमा साझा सहमति खोजेर अघि बढ्न आह्वान गर्नुभएको छ । एमसीसीकै कारण गठबन्धन भत्किए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने उहाँले बताउनुभयो । डा. भट्टराईले प्रतिगमन परास्त भइनसकेकोले दलहरुले सहमति र सहकार्यमै जोड दिनुको विकल्प नभएको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको आजकै दिन पहिलोपटक संसद भंग गर्नुभएको थियो । ओलीको उक्त कदमपछि सुरु भएको राजनीतिक भूकम्पका पराकम्पनहरु अहिल पनि जारी छन् । दोस्रोपटक विघटन हुँदा पनि सर्वोच्चले पुनर्सस्थापना गरिदिएको संसदले लय समात्न सकेको छैन ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६