काठमाडौं, ०६ पुष । कांग्रेस प्रदेश २ को अधिवेशन आजदेखि हुदैछ । १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आजदेखि प्रदेश अधिवेसन हुन लागेको हो। अधिवेशनअन्तर्गत आज मनोनयन दर्तासहितका कार्यक्रम रहेको छ ।
सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन ।कांँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ र ७ पुसमा प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो ।
प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा आज मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतको कार्यक्रम छ भने बुधबार भोली मतदानको कार्यक्रम छ ।
यसैबिच,कांग्रेसको प्रदेश २ अधिवेशनमा शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ ।प्रदेशको नेतृत्व हत्याउन निधि र कोइराला समूहले सभापति शेरबहादुर देउवा समूहविरुद्ध गठबन्धन गरेर उम्मेदवारी दिने भएका हुन् ।
यसअघि १६ मंसिरमै प्रदेश अधिवेशनको उद्घाटन भए पनि अहिलेसम्म प्रदेशको निर्वाचन भएको छैन, बरु केन्द्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।
आजदेखि हुने प्रदेश अधिवेशनमा निधि र कोइराला समूहबीच गठबन्धन बनेको नेता रामकृष्ण यादवले जानकारी दिनुभयो। प्रदेश २ मा सभापतिका लागि देउवा समूहले कृष्ण यादवलाई अघि सारेको छ भने निधिले आफूनिकट रामसरोज यादवलाई अघि सार्नुभएको छ।
कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको हो । देउवा समूहबाट सभापतिका दाबेदार यादव रौतहटका पूर्वजिल्ला सभापति हुनुहुन्छ भने अर्का यादव प्रदेश २ मा कांग्रेसका संसदीय दलका नेता हुनुहुन्छ उहाँ हाल प्रदेश सरकारका मन्त्रीसमेत हुनुहुन्छ ।
प्रतिक्रिया