प्रदेश

लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा तिन अनुहार



बुटवल, ७ पुष। नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका लागि खुला २ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनमा देवेन्द्रराज कंडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशकै १ जना महिला केन्द्रीय सदस्यमा शिला शर्मा खड्का निर्वाचित भएकी छन् ।

खुला दुई केन्द्रीय सदस्य पदमा ६ जना प्रतिस्पर्धामा थिए । तीमध्ये विजयी उम्मेदवार कंडेलले २,७२७ र केसीले २,२६७ मत पाए । अन्य उम्मेदवारहरु महेन्द्र कुमार शर्माले १,७७३, लेखनाथ पोख्रेलले १,५२७, प्रदीप राज शर्माले ४२३ र बम बहादुर डिसीले २५२ मत पाए ।

यसैगरी महिला एक पदका लागि भएको निर्वाचनमा शिला शर्मा खड्का २,६७३ मतसहित विजयी भएकी छन् । खड्का कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काकी पत्नी हुन् ।

अन्य उम्मेदवारहरु रिता सेन ओलीले १,४६३ र भगवती काफ्ले ९भण्डारी०ले ४१४ मत पाए ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६