अर्थ-वाणिज्य

अनुभवका सम्पत्तिलाई सम्मान गर्न एमाले सबैभन्दा अगाडी:सांसद पन्थी




कपिलवस्तु ७ पुस ।ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको लुम्बिनी प्रदेशका सासंद बिष्णु पन्थीले बताउनुभएको छ । कपिलवस्तु बाणगंगा वडा नं ७ ले राखेको ज्येष्ठ नागरिक सम्मान तथा न्यायो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले ज्येष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताउनुभएको हो । सांसद पन्थीले ज्येष्ठ नागरिकलाई एमाले नेतृत्वको सरकारले पालनपोषण देखी स्यारसुसारका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको जानकारी गराउनुभयो । उहाले मुलकमा रहेका सबै बर्गको हितका लागि उनीहरुलाई आवश्यक पर्ने खालका कार्यक्रम मात्र एमालेको सरकारले ल्याएको स्पष्ट पार्नुभयो ।
फरक प्रंसगमा बोल्दै सांसद पन्थीले बर्तमान प्रदेश सरकारले मन्त्री पाल्ने काम मात्र गरेको बताउनुभयो । अनाश्वास रुपमा मन्त्रालय थपिरहेको र बिकासका लागि छुछएको बजेट मन्त्रीको तलबमा मात्र धेरै खर्च भईरहेको उहाको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले ज्येष्ठ नागरिक सम्मानका लागि नगरका सबै वडाले बिभिन्न रचनात्मक कामहरु शुरुका बर्षदेखी गर्दै आएको बताउनुभयो ।
बाणगंगमा बिकास निर्माणको गतिले तिब्रता लिईरहेको बताउदै सबै क्षेत्रको बिकासमा फड्को मारेको जानकारी गराउनुभयो । यसैगरि कार्यक्रममा बोल्दै वडा नं ७ का वडा अध्यक्ष बिष्णु गिरीले आफूहरु निर्वाचित भएर वडामा आएदेखी लक्षित बर्ग र बिकास निर्माणमा भएका प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाले भौतिक पूर्बाधार संगै लक्षित बर्गका कार्यक्रमलाई पनि संगसंगै अघि बढाएको भनाई राख्नुभयो । वडा भित्रका ३ सय जेष्ठ नागरिकलाई न्यानो कपडा स्वारुप ज्याकेट हुड वितरण गरिएको जानकारी गराउनुभयो ।
यता चिसो बढ्दै गईरहेको बेला वडाले समयमै न्यानो कपडा दिदा ज्येष्ठ नागरिक निकै खुसी देखिन्थ्ये । हरेक बर्ष जस्तै यसपालि पनि जुटाएर आफुहरुलाई वडाले सम्मान गरेमा खुसी ब्यक्त गरेका छन । कार्यपालिका सदस्य शाबित्री थारुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्ब मोतिपुर गाबिका अध्यक्ष नेत्र गिरी , वडा सदस्य मुम बहादुर पाण्डे ,कमला बिक ,टोलबिकास संस्थाका पदाधिकारी ,पत्रकार लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६