बुटवल ८ पुस ।नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा महिला खस आर्य तर्फको केन्द्रीय सदस्य पदको २८ सय मत गन्दा मन्जु खाँणले अग्रता लिएकी छन् । खाँणले अहिलेसम्म १२५५ मत प्राप्त गरेकी छन् भने नानु बास्तोलाले ११९० मत प्राप्त गरेकी छन् ।त्यस्तै प्रतिमा गौतमले ११३० मत प्राप्त गरेकी छन् भने कन्तिका सेजुवालले १११४ मत प्राप्त गरेकी छन् । यता, चम्पा खड्काले १११३ मत प्राप्त गर्दा विद्यादेवीले १०७२ मत प्राप्त गरेकी छन् । अग्रता लिने खाँण गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् । अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणनामा जारी छ ।
८ पुस २०७८, बिहिबार








प्रतिक्रिया