प्युठान ८ पुस – राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको भातृ संगठन प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिएका छन । बुधबार जिएमले प्रेस बिज्ञप्तीमार्फत अध्यक्ष पदबाट राजिनामा दिएका हुन। बिज्ञप्तीमा उनले आफू स्वतन्त्र भएको पनि जानकारी गराएका छन।
पार्टी भित्र दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति
हावी हुँदै आएकाले आफू यस्तो फोहोरी खेलमा नलाग्ने बताउदै उनले राजीनामा दिनुपरेको उल्लेख गरेका छन । उनी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष पनि हुन् । यसै साता संघका गोपाल बराईलीले संगठनबाट बिद्रोह गर्दै नेकपा एकिकृत समाजबादीमा प्रबेस गरेका थिए।
प्रतिक्रिया