अर्थ-वाणिज्य

१३४ पदका लागि भएको मतदानमा देउवा पक्षका १०९ उम्मेदवार विजयी



९ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि २७ मंसिरमा भएकाे मतदानकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ। नवनिर्वाचित कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षका दुईतिहाइ उम्मेदवार विजयी भएका छन्। कुल १३४ पदका लागि भएको मतदानमा देउवा पक्षका १०९ उम्मेदवार विजयी भएका छन्।

त्यस्तै, सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलबाट केन्द्रीय कार्यसमितिमा २२ र प्रकाशमान सिंह प्यानलबाट २ जना विजयी भएका छन्। 

निर्वाचित केन्द्रीय कार्यसमितिमा दुईतिहाइका लागि ९० सदस्य आवश्यक पर्छ। कांग्रेसको १४औँ महाधिवेशन २४–२७ मंसिरमा काठमाडौँको भृकुटीमण्डपमा भएको थियो।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६