पर्सा ९ पुस । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले प्रबेशगरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिकाका निर्वाचित अध्यक्ष मियाँसहित सो संख्यामा एमालेमा स्वागत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित मियाँसहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएपछि अध्यक्ष ओली आज जगरनाथपुर आउनु भएको हो । गाउँपालिका स्तरीय कार्यक्रम भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका थिए ।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित ठूलो समुहलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आज यहाँ आउनु भएको हो । ओलीले आज सवैलाई स्वागत गर्दै सही पार्टी छनोट गरेकोमा बधाई दिनुभयो ।








प्रतिक्रिया