प्रदेश

नवलपरासीको दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह ।



काठमाण्डौ, ०९ पुष । नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो ।

गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताउनुभयो ।

आफूहरूले रातिको समयमा वन क्षेत्र नजिक हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष जीसीले बताउनुभयो ।

दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीय बासिन्दाले बताएका छन् । गएको महिना विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण ज्यान गएको थियो।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६