काठमाण्डौ, ०९ पुष । नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुभएको छ ।
आज शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ । त्यही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुभएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । त्यो प्रतिवेदनमाथि छलफल गर्न दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता महराले बताउनुभयो ।
बैठकले नेकपा (मसाल) सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिङ्गो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको पार्टीले जनाएको छ ।
प्रतिक्रिया