रुपन्देही, ०९ पुष । सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत भेटिनुभएको छ ।
यादव आज शुक्रवार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ । एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट रहनुभएका यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लाग्नुभएको थियो । मृत्युको कारणबारे छानबिन सुरु भएको प्रहरीले जनाएको छ ।
९ पुस २०७८, शुक्रबार
प्रतिक्रिया