प्रदेश

अनुगमन टोलि भन्छ, होटल तथा मिठाई पसलहरुमा अत्याधिक फोहोर छ ।



कपिलवस्तु, ०९ पुष ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुको कृष्णनगरमा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कृष्णनगर बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाई नभएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख शिव शंकर मिश्रले बताए ।

उनका अनुसार सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको बताए । किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको प्रमुख मिश्रले बताए ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको वस्तुहरु फेला पारी जफत गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक रामहरी लामिछानेले बताए ।

बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको किरना पसललाई एक हप्ता भित्र दर्ता गरि सञ्चालन गर्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका विष्णु पोखरेलले बताए ।
अनुगमनका क्रममा कृष्णनगर नगरपालिकाका प्रशासन प्रमुख राजेश मिश्रा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका रामलाल चौधरी, पत्रकार लगायतको सहभागिता रहेको थियो

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६