कपिलवस्तु, ९ पुष ।
गौतम बुद्ध बाल संजालको अध्यक्षमा शुसान भूसाल चयन भएका छन् । आज(शुक्रबार) जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ बैरियामा सम्पन्नको संजालको बैठकले भूसालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुसिल कुवँर, सचिवमा गंगा घिमिरे, सहसचिवमा रोशन अधिकारी र कोषाध्यक्षमा गैरी घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा अरुणा घिमिरे, अनुसन्धान पोख्रेल, विमर्श पौडेल, आयुष पाण्डे, सुदिप खप्टेल, विक्रम नेपाली, आषिश थारु, दिप्सन अधिकारी, राजेश पौडेल र बादल पहराई रहेका छन् ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं.१ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारीले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं संजालले नगरमा उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरिन् । पहिले गठित बाल संजाल निष्क्रिय भएता पनि अब नवगठित यस बाल संजालले रचनात्मक कार्य गर्नेमा आफु आशावादी रहेको वडाध्यक्ष अधिकारीको भनाई छ । उनले बालसंजालले निर्माण गरेका बार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताईन् । वडाअध्यक्ष अधिकारीले वडाको तर्फबाट बालसंजाललाई संक्रिय तथा सफल तुल्याउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
बाल संजाललाई नगरमा नमुना कार्य गर्दै उदाहरणीय बाल संजाल रुपमा चिनाउन आफुहरु निरन्तर संक्रिय रुपमा लाग्ने संजालका सम्पुर्ण पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया