ब्रेकिंग न्युज

कपिलवस्तुका ठुला हस्तीले पाएनन ठाँउ: कांग्रेस केन्द्रिय सदस्य बन्नेमा देश कै कान्छी रुपाको आयो नाउँ



कपिलवस्तु ९पुस। नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशनबाट कपिलवस्तुका ठुला हस्तीले पाएनन ठाँउ ;काङ्ग्रेस केन्द्रिय सदस्यमा देशकै कान्छी रुपाको नाउँ भन्ने चरितार्थ भएको छ। यश अघिका केन्द्रिय सदस्य अतहर कमाल, अभिसेख प्रताप शाह ,राजेश सिंहले पार्टीको टिकट पायनन भने बिरेन्द्र कानोडिया केन्द्रीय सदस्यमा हारे ।पार्टीको १४औँ महाधिवेशनमा केन्द्रिय सद्स्यमा ठुलाहस्ती कोहि पनि परेनन। तर महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको बिहीबार सार्वजनिक परिणाममा समावेशी दलित महिलाबाट कपिलवस्तुको विजयनगर गांउपालिका निवासी युवा नेतृ रुपा वि.क कांग्रेसको ३५ बर्षको उमेरमा  केन्द्रिय सदस्यमा निवार्चित भएकि छन ।सानै उमेर देखी पार्टीमा कृयाशिल रहेकी वि.क जिल्लाको पश्चिम क्षेत्रमा सफल नेतृको रुपमा परिचित छन हुन । बिहीबार सार्वजनिक परिणाममा २०१३ मत सहित नेपालकै कान्छो केन्द्रिय सदस्य समेत रहेको जनाइएको छ । विकले आफुलाई केन्द्रिय सदस्यमा अमुल्य मत दिई निर्वाचित हुन सफल बनाउनुहुने सम्पुर्ण महाधिवेशन प्रतिनिधी, पार्टी संघठन प्रति आभार प्रकट गर्दै पार्टी संघठन एवंम कपिलवस्तु बासी आम सर्वसाधरण जनताको हितका लागी इमान्दारी पुर्वक काम गर्ने बताइन ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६