अर्थ-वाणिज्य

वित्तीय प्रणालीमा तरलता अभावले निर्माण उद्योग संकटमा :अध्यक्ष सिंह



काठमाडौं ९ पुस । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो गतिमा बढ्न नसकेको बताएका हुन्।उनले दुई वर्ष कोरोना महामारीको कारण खर्च भए पनि काम नहुने तथा खर्चअनुसार उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरूले चरम आर्थिक अभाव झेलिरहेको बताए।

निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै तीन सय ४० अर्ब रहेको, तर सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेन्टीमा फुकुवा गर्न माग गरेको बताए। उनले सरकारले पाँच प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने, निर्माणकार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे।

‘वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको छ। तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो गतिमा अगाडि बढ्न सकेको छैन। बजारमा हाहाकार भएको तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भयो। विरोधपछि २० प्रतिशतबाट कटौती गरी पाँच प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन सकेको छैन,’ उनले भने।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६