खोज–अनुसन्धान

प्रस्तावित यातायात सेवा कार्यलय कपिलवस्तुको भवन मन्त्री ढेंगाद्वारा अवलोकन



कपिलवस्तु ९ पुस । यता यातायात ब्यवस्था कार्यालयको सेवा कार्यालय कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित रामघाट मेला लाग्ने स्थालमा संचालन गरिने भएको छ । लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार कपिलस्तु नगरपालिका क्षेत्र भित्र सेवा कार्यालय स्थापना गर्न लागिएको हो । रामजानकी मन्दिरको नाममा रहेको सो जग्गा र भवन कपिलवस्तु नगरपालिकाको मातहतमा छ ।
प्रदेश सरकारले कपिलवस्तु र नवलपरासीमा यसै आर्थिक बर्ष भित्र सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।प्रदेश सरकारले गरको निर्णय अनुसार कार्यालय स्थापनाकालागि घर र जग्गा हेर्न श्रम, रोजगार तथा यातायात मन्त्री पुरमति ढेंगामगर र मन्त्रालयका सचिव दिपकराज नेपाली सहीतको टोलीले रामघाट क्षेत्रको स्थलगत निरीक्षण र अनुगमन गरेका थियो । टोलीमा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, पुर्वमन्त्री तथा जनता समाजबादी पाटीैका नेता दान बहादुर चौधरी, प्रजिअ चक्रपाणी पाण्डेय समेत सहभागी थिए ।
रामघाट र तौलिहवा स्थित खानेपानी सरसफाई सव डिभिजन कार्यालयमा पुगेर निरीक्षण गरिए पनि टोलीले रामघाट क्षेत्रमा रहेको बृद्धाश्रमकालागि निर्माणे भवनमा कार्यालय राख्ने मौखिक निाणर््यमा पुगेको हो । मन्त्री ढेंगामगरले रामघाटको मेला लाग्ने क्षेत्रमा पर्याप्त जग्गा रहेको र तत्काल कार्यालय संचालनकालागि भवन समेत रहेकोले रामघाट मै सेवा कार्यालय राखद उपयुक्त हुुने बताईन । मोटरसाईल लगायतका सवारी साधन राख्ने पर्याप्त ठाउ भएको र ट्रायल सेन्टरकालागि समेत जग्गा रहेकोले रामघाटको रामजानकी मन्दिर को किनारमा रहेको भवन नै सेवा कार्यालकयालागि उपयुक्त रहेको उनले बताईन ।
मन्त्रालयका सचिव नेपालले रामघाट क्षेत्र सेवा कार्यालयकालागि उपयुक्त स्थल रहेको बताए । सेवा कार्यालयको आवश्यक ब्यवस्थापनकालागि एक जना कर्मचारीत तत्कालै खटाईने उनले बताए । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले सेवा कार्यालय स्थापनाकालागि नगरपालिकाले आवश्यक पर्ने जे चिज पनि उपलब्ध गराउन तयार रहेको बताए । प्रअिज चक्रपाण्ी पाण्डेयले रामघाट क्षेत्र सेवा कार्यालयकालागि उपयुक्त स्थल रहेको बताए । उनले कपिलवस्तु नगरपालिका क्षेत्र भित्र सेवा कार्यालय संचालनकालागि आवश्यक समन्वय र सहयोग गर्ने बताए । तत्कालीन महिला तथा बाल बालिका विकास मन्त्री दान बहादुर चौधरीको पहलमा रामघाट मेला लाग्ने दक्षिण पट्टीको क्षेत्रमा बृद्ध आश्रमकालागि भवन बनाईयो थियो । तर अहिले सम्म त्यहा बृद्ध आश्रम संचालन हुन सकेको छैन । सो भवनमा मन्दिरमा पुजारी बस्दै आएका छन ।
उनीहरुकालागि मन्दिरमै रहेको अर्को भवनमा बस्ने ब्यवस्था गरने मेयर सिंहले बताए । सचिव नेपाल अनुसार सेवा कार्यालयले बिभिन्न ५ वटा सेवा दिने छ । सवारी साधनको ब्लु बुक नबिकरण, कर तिर्ने काम, रुट परमिट, पटके र जाचपास सेवा प्रदान गरिने उनले बताए । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १०का वडाअध्यक्ष संदीप पाण्डेयले रामघाटसंगै सटेको आफनो वडा क्षेत्रमा सेवा कार्यालयकालागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन तयार रहेको बताए । सेवा कार्यालय स्थापनाकालागि लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा जनता समाजबादी पार्टीका नेता सहसराम यादवको बिशेष पहल रहेको मेयर सिंहले बताए ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६