प्रदेश

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले आजै दल दर्ता गर्ने ।




काठमाडौं, १० पुस। राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिबार दल दर्ता गर्दैछ । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न पुस १ देखि १० गतेसम्मको समय दिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै कांग्रेसले निर्वाचन पुगेर दल दर्ता गर्नेछ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा कम्तीमा ५ वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन गर्नुपर्छ ।

त्यस्तै दलको विभिन्न तहमा कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने व्यवस्था छ । कांग्रेसले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न गएको हो ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६