अर्थ-वाणिज्य

घरपरिवारको जीवनस्तर उकास्न लघुवित्तको अहम भूमिका:सांसद पन्थी




हरि घिमिरे, १० पुष ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुलुक र जनताको जिवन स्तर माथि उठाउन लघुवित्तको आवश्यक रहेको औल्याएका छन् । लघुवित्त कर्मचारी संघ कपिलवस्तुद्धारा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने “ घर आगनमा वित्त पु¥याउने एक मात्र माध्यम भनेको लघुवित्त हो । ” यसले देश र जनताको जनजिवन माथि उठाउन तथा जनतामा खुशि प्रदान गर्न महत्व दिएको उनको भनाई छ । गाँउ टोल टोलमा भएका लघुवित्तहरुले साना तथा घरेलु उद्योगहरुमा आफ्नो लगानि विस्तार गरि जनतामा विश्वास जित्नुपर्ने बेला आएको उनले बताए ।

सांसद पन्थीले सरकारले अव लघुवित्त संग जोडिएर काम गर्न सकेमा देशमा आर्थिक संमृद्धी भित्रिन समय नलाग्ने बताएका छन् । यस्तै पिस हिमालय रिर्सोटमा आयोजित कार्यक्रममा लघुवित्तको बर्तमान अवस्था, संभावना, अवसर तथा चुनौती तथा सार्वजनिक बोली बिषयक प्रशिक्षण सम्पन्न भएको हो । सो अवसरमा लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले लघुवित्तले देशको अर्थतन्त्रको विकासमा योगदान दिएको बताईन । उनले कपिलवस्तुमा समेत २ दशक अघि देखि नै लघुवित्तले ग्रामीण भेगका बिभिन्न परिवारको आर्थिक स्तर उकास्न भुमिका खेलको भन्दै लघुवित्तले अझै प्रभावकारीढंगले काम गर्दै जानु पर्ने बताईन । उनले भनिन् “लघुवित्तले गरीब, बिपन्न परिवारको आर्थिक अवस्था सुधारमा महत्व दिएको छ, आगामि दिनमा पनि यसको आवश्यक छ ।”

सो अवसरमा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले लघुवित्तले आफ्नो पालिकामा राम्रो काम गरेको बताए । जिल्लामा सबै भन्दा बढी आफ्नै पालिकामा लघुवित्तले काम गरेको भन्दै आफुले लघुवित्तको विकासमा सहकार्य गर्न तयार रहेको बताए । लघुवित्तकर्मी प्रकाशराज शर्माले लघुवित्तले ग्रामीण भेगका निमुखा जनताको आर्थिक सशक्तिकरणकालागि जनताको बिश्वास जित्ने गरी काम गर्नुपर्ने बताए । उनले लघु बित्तको कर्मचारीहरुले प्रभावकारीढंगले काम गर्नु पर्नेमा जोड दिए ।लघुवित्त कर्मचारीसंघका अध्यक्ष सुशील गौतमको अध्यक्षता रहेको कार्यक्रको सञ्चालन मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्थाका कर्मचारी भिम ओलीले गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तकाु अध्यक्ष किरणमान बज्राचार्य, संचारकर्मी अमृता अनमोल, नेपाल लघुवित्त बैकंर्स संघका पुर्व अध्यक्ष वसन्तराज लम्साल, लगायतले श्भकामना मन्तब्य दिएका थिए । प्रशिक्षणमा अमृता अनमोल र नेपाल लघुवित्त बैकंर्स संघका अध्यक्ष प्रकाश राज शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा २० वटा लघुवित्तका ७० भन्दा बढिको उपस्थिती रहेको थियो ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६