अर्थ-वाणिज्य

शेखर कोइरालाको वरीयता २०औँ नम्बरमा



काठमाडौं १० पुस । नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरीयता २०औँ नम्बरमा राखिएको छ। शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि निर्धारण गरिएको वरीयतामा शेखरलाई २०औँ नम्बरमा राखिएको हो। शेखर वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा छन् ।

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा शेखरले ४० प्रतिशत मत पाएका थिए। कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्द्वीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।

१०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरीयतामा राखिएको थियो। सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरीयता निर्धारण गरिएको थियो। तर, १४औँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई २०औँ नम्बरमा राखिएको छ। देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन्।

वरीयतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन्।  १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरीयता ३५औं  नम्बरमा थियो।  १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन् ।  शेखरलाई २०औँ वरीयतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले संघर्ष गर्नुपरेको उनीनिकट एक नेताले बताए ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६