अर्थ-वाणिज्य

प्रचण्डको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ओलीलाई भेट्न बालकोट जानुपर्ने



काठमाडौं १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुपर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेका छन् ।

राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

आफूहरुले बोलाउँदा ओली बालुवाटार नआउने भएकाले उहाँलाई भेट्न बालकोट नै जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेको उनले बताए ।

ओलीले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको उल्लेख गर्दै उनले एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउँदा पनि ओली नआएको बताए ।

उनले भने – ओली सर्वदलीय बैठकमा बालुवाटार आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु । मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफलल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहान्छन् ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६