अर्थ-वाणिज्य

कपिलवस्तुले पश्चिम नवलपरासीलाई १० रनले पराजित गर्दै



भैरहवा १० पुस । भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा कपिलवस्तुले पश्चिम नवलपरासीलाई १० रनले पराजित गरेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १३ रन बनायो । जसमा, करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए ।

बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले ३–३ विकेट लिए । जवाफमा कपिलवस्तुले ३५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे । बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले ३–३ तथा इकलाख अहम्मद र करण विकले २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए ।

आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । पुस २१ सम्म सञ्चालन हुने छनोट खेलमा ७ जिल्ला सहभागी छन् ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६