प्रदेश

कारागारका नाइके भागेपछि जेलर परियार जिम्मेवारीबाट मुक्त




कपिलवस्तु, ११ पुष ।
जिल्ला कारागार घोराहीका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्।

कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यायमा तानिएको हो।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अर्को व्यवस्था नहुँदासम्म जेलर परियारलाई जिल्ला प्रशासनमा हाजिर गराइएको सेतोपाटीलाई बताए।

‘हाललाई जेलर परियारको जिम्मेवारी खोसिएको छ,’ प्रजिअ रेग्मीले भने ‘उहाँको जिम्मेवारी तत्काललाई तुलसीपुर कारागारका जेलर अमर वलीलाई हेर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ।’

घटना अनुसन्धानमा सहज होस् भन्नका लागि घोराहीका जेलर परियारलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउनु परेको रेग्मीले बताए।

बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए। त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले कारागारका नाइके बिरामी नभए पनि छालाको उपचार गराउन भनेर अस्पताल लैजाने कुरा नै रहस्यमय भएको बताएका छन्।

राजपुर गाउँपालिका बेलका यमराज परियारले कतर्व्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका थिए। अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो।

घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

परियारलाई भगाउन भूमिका खेलेको आशंकामा चौधरीबाहेक अन्य थप तीन जना सर्वसाधारणलाई पनि प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गर्दै आएको छ।

परियारलाई भगाउन अन्य व्यक्ति पनि संलग्न रहेको देखिएको तथा उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिइएको छ।

परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६