प्रदेश

लुम्बिनीमा हुने प्रेस चौतारीको वैठक ऐतिहासिकः बस्नेत




कपिलवस्तु ११ पुष
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले लुम्बिनीमा हुने प्रेस चौतारीको वैठकले ऐतिहासिक सन्देश दिने बताउनु भएको छ । वैठकले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न यहि पुस १२ र १३ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने ब्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाउनु भयो । बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ । पुस १२ र १३ गते लुम्बिनीमा हुने वैठकको तयारी पुरा भएको चौतारीका सचिव भरत के.शी.ले बताउनु भयो । भोली सोमवार साँझ ४ वजे सम्म वैठकका लागि केन्द्रीय अध्यक्ष ,पदाधिकारी ,सदस्य सहित सबै आइपुग्ने चौतारीका केन्द्रीय सदस्य प्रदिप आचार्यले बताउनु भयो ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६