सरिता थारु
कपिलबस्तु ११ पुस । बाणगंगा नगरपालिका वडा नंं ४ गजेहडा स्थित जवैया मुलको आज एक कार्यक्रमका विच सरसफाई गरिएको छ । वडा कार्यालय, नारायण दलगण गोरुसिंगे र गजेहडा स्थानीयबासीको संयुक्त सक्रियतामा सरसफाई गरिएको हो । ऐतिहासिक मुलको रुपमा रहेको जवैयालाई संरक्षण संर्बद्धनका निम्ती सरसफाई गरिएको नागरिक समाज कपिलबस्तुका अध्यक्ष एवं जवैया मुल संरक्षण समितीका अध्यक्ष दोलख बहादुर पछाईले बताउनुभयो । यस मुलको पानीले ६,७ वटा मौजाका किसानले आफ्ना खेतबारीमा सिचाई समेत गर्ने भएकाले यसको संरक्षणका निम्ती सरसफाई गरिएको उहाको भनाई छ । उहाले धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न , पिकनिक स्पोर्टको रुपमा विकास गर्न तथा आगामी दिनमा गजेहडा हाट बजारलाई सोहि स्थानमा स्थापित गर्ने गरि अगाडी बढेको समेत उहाको भनार्य छ ।
यता वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले जवैया मुलको ऐतिहासिक महत्व रहेको बताउदै यसको संरक्षका निम्ती वडाबाट समेत विशेष पहल भैरहेको बताउनु भयो । यस स्थानलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने, तथा नमुना पार्कको रुपमा विकास गर्ने सोचका साथ अगाडी बढेको उहाको भनाई छ । साथै यस स्थलको संरक्षणका लागि चालु आर्थिक वर्षमा बाणगंगा नगरपालिकाबाट २ लाख र भुसंरक्षण समितीको तर्फबाट २० लाख बजेट विनियोजन भएको समेत जानकारी दिनुभयो ।जगेहडाका बडघर तुलसी प्रसाद चौधरी थारुले भन्नुभयो अहिले त सबैको घर घरमा नल्का छ तर पहिला पहिला हाम्रा पुर्खाहरुले यहि जवैयाको पानी पिउने, गाई भैसिलाई खुवाउन लैजाने, नुहाई धुवाई गर्ने, कपडा लत्ता धुने गर्नुहुन्थ्यो । यस्तै गजेहडा टोल विकास समितीका अध्यक्ष एवं जवैया मुल संरक्षण समितीका उपाध्यक्ष भोजराज आचार्यले विशेष गरि यो स्थान थारु समुदायसंग जोडिएकाले यसको संरक्षण गर्ने उद्धेश्यका साथ सरसफाई गरिएको बताउनुभयो ।
प्रतिक्रिया