जीवनशैली

परिवर्तनको बहाक पहिला आफै बनौं : उपप्रमुख चौधरी



भगवती न्यौपाने
कपिलवस्तु ११ पुस । आफु परिवर्तन भए मात्रै परिवार,टोल र समाज परिवर्तन गर्न सकिने जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीले बताउनु भएको छ । महिला शक्ति विकास केन्द्र नेपाल काठमाडौंले आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । वाणगंगा नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष धुव बेल्वासेले सिकेका सीप सेवा सुविधालाई जिवनमा प्रयोग गर्दै निवाह मुखि होइन व्यवसायीक रुपमा अगाडि बढाउन आग्रह गर्नु भयो ।
कृषि शाखा अधिकृत धनिराम आचार्य, पशु शाखा अधिकृत गिरिराज पौडेल,भलवार्ड स्वास्थ चौकी प्रमुख जित विकास रायमाजी र श्री अमृते सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोपाल गिरिले सहभागीले उठाएको प्रश्नको जवाफ दिदै आ–आफ्नो शाखाबाट पाउने सेवा सुविधा र सहयोग गर्ने बताउनु भयो । साथै सहभागी महिलाले संस्थाले दिएको कार्यक्रमबाट आफुहरुले अगाडि गएर बोल्न सक्ने क्षमताको विकास भएको बताउनु भएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार हरि अधिकारीले गर्नु भएको थियो । श्री अमृते सामुदायिक वन उपभोक्ता समूह बा.न.पा ९ भर्तापुरमा भएको कार्यक्रममा महिला शक्ति विकास केन्द्र नेपालको क्षेत्रीय संयोजक जानकी चौधरिको अध्यक्षता शिव कुमारी थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रीना थारुले गर्नु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य केसरा गुरुङ्ग ,वडा सदस्य नोमलाल चौधरि, सचिव सन्तोष कुमार बैठा समाज सेवि लगायतको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०७७/७८ का कार्यक्रमका बारेमा प्रस्तुत गरिएको थियो । भने भावि योजना कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । यसको मुख्य उद्देश्य महिलाहरुको आत्मवल ,सकारात्मक दृष्टिकोण र क्षमता अभिवृद्धि गरि सार्वजनिक क्षेत्रमा सहभागीता पँहुच बृद्धि गर्ने, महिला सहभागी गराउने लगायत रहेका छन् ।
विभिन्न क्षेत्रमा रहेर सकारात्मक काम गरेको संस्था ९ वटा समूह रहेका छन् भने नगरका २,३,४,५,६,९,१०र ११ वडामा कार्यक्रम गर्ने छ । आर्थिक सामाजिक तथा राजनितीक तवरमा गरिव , विपन्न तथा पछाडि पारिएका सिमान्तकृत समुदायका महिला ,दलित मधेसी मुस्लिम लगायतका अन्य समूह लक्षित रहेका छन् । नगपालिका वडा कार्यलय, कृषि, पशुसेवा ,महिला बालबालिका शाखा ,स्वास्थ शाखा सँग समन्वय तथा सहकार्य रहेको छ ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६