अर्थ-वाणिज्य

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म जारी रहने



काठमाडौं १२ पुस : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरु भएको छ। आठौं राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म जारी रहने माओवादी केन्द्रले जनाएको छ।प्रज्ञाभवन काठमाडौंमा भएको उद्घाटन समारोहमा अतिथिको रुपमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ति शाही, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा, नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका नेताहरुले सम्बोधन गरे। उनीहरुले राष्ट्रियताको विषयमा सबै दल एक भएर अगाडि बढ्नुपर्ने उद्घोष गरे।कार्यक्रमको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका छन्।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६