खोज–अनुसन्धान

फुर्सदिला प्रधानमन्त्री तीन घण्टाबढी मञ्चमै बिताउछन



काठमाडौं १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा शुरु भएको छ । आइतबार दिउँसो ३ बजेदेखि शुरु हुने भनिएको महाधिवेशन झण्डै सवा ३ बजेदेखि शुरु भएको थियो ।सोही समयमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका थिए ।  माओवादीको महाधिवेशनमा विभिन्न पार्टीका तर्फबाट नेताहरु उपस्थित भएर शुभकामना दिएका थिए । सोही बीचमा केही नृत्यहरु देखाइए  र पार्टीकै नेताहरुले लामो भाषण गरे ।

तर प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा झण्डै सवा तीन घण्टा मञ्चमै बसे । झण्डै साढे ६ बजे मन्तब्य दिन शुरु गरेकाे देउवाले आफैले भने झण्डै १० मिनेटमै भाषण सिध्याए । भाषणका क्रममा प्रम देउवाले आज कार्यक्रममा सबै नेताहरुले लामो बोलेको समेत बताए  ।उनी भाषण सकेर फेरि पनि मञ्चमै बसिरहेका देखिन्छन् । फुर्सदिला प्रधानमन्त्री देउवाले आज सत्ता गठबन्धनको मुख्य साझेदार दलको महाधिवेशनका लागि पर्याप्त समय छुट्याएका देखिन्छन् ।

देशको कार्यकारी पदमा आसीन व्यक्ति कुनै पार्टीका आन्तरिक कार्यक्रमका लागि लामो समय खर्चिएर उपस्थित हुनु  सकारात्मक र नकारात्मक दुवै रूपमा बुझ्नु पर्ने कतिपय बताउँछन् । पार्टीहरुबीचको सद्भावप्रति यसले सकारात्मक सन्देश दिए पनि देशको समय भने यसले अनुत्पादक रूपमा खर्च हुने एक नेताले बताए ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६