प्रदेश

प्रहरीको भ्यानको ठक्करबाट व्यवसायीको ज्यान गएपछि सर्लाहीको बयलवासमा तनाव



सर्लाही, १२ पुष । सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिँदा एक जना व्यवसायीको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् ।

हिजो आइतवार राति प्रहरीको भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीको प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा गाडी चलेका छैनन् । प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

ईश्वरपुर नगरपालिका ६ बयलवास बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर घर जाँदै गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर ज्यान गएपछि मात्र जानकारी दिएको स्थानीय व्यापारीको आरोप छ ।

घटना राति भए पनि परिवारलाई आज सोमवार बिहान मात्र जानकारी दिइएको थियो । आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै स्थानीय व्यापारीले उद्योग वाणिज्य सङ्घ ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै इलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६