प्रदेश

माओवादी महाधिवेशनः बन्द सत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन वाचन



काठमाण्डौ, १२ पुष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गर्नुभएको छ ।

आज सोमवार दिउँसो १२ बजे सुरु भएको बन्द सत्रको सुरुमा अध्यक्ष मण्डलको घोषणा भएको थियो । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन थाल्नुभएको हो ।

प्रतिवेदन केही समयपछि प्रतिनिधिलाई वितरण गरिने माओवादीले जनाएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि माओवादीले गरेका गल्ती, सुधार्नुपर्ने पक्ष र अबको बाटोबारे समेट्नुभएको छ ।

हिजो आइतवार उद्घाटन सत्रमा प्रचण्डले आफ्नो प्रतिवेदनमा माओवादी र अध्यक्ष स्वयम् कहाँ चुके र कसरी बाटो बिराए भनेर गम्भीर समीक्षा गरेको बताउनुभएको थियो । प्रतिनिधिलाई प्रतिवेदन वितरण गरे पनि समूह बनाएर छलफल थालिनेछ ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६