प्रदेश

दाङमा कैदी भागेको प्रकरणमा जेलर, असई र हवलदारविरुद्ध पक्राउ पुर्जी जारी



दाङ, १२ पुष । दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक (असई) र हवलदारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापर्बाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रसेन ठकुरी र प्रहरी हवलदार गणेशकुमार थारुका नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ का २९ वर्षीय यामराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा भगाइएको प्रहरीको निष्कर्ष छ ।

गएको बुधवार कारागारका नाइके परियारलाई उपचारका लागि प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर उनीहरू अस्पताल नगइ दुई जना महिलालाई लिएर होटलमा पुगेका थिए । होटलबाटै कैदी परियार भागेका हुन् ।

प्रहरीले प्रहरी जवान चौधरीसहित कारागारका कार्यालय सहयोगी, ती दुई महिला र होटल सञ्चालकलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
साभार

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६