प्रदेश

बाणगंगामा ‘कपिलवस्तु र बौद्ध शिक्षा’ सम्बन्धी प्रबोधिकरण’ तालिम सञ्चालन ।




हरि घिमिरे, १२ पुष ।
बाणगंगा नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘कपिलवस्तु र बौद्ध शिक्षा’ तयार पारेको छ । आधारभूत तहको कक्षा ८ को यसै शैक्षिक सत्रबाट सुरु भएको ‘कपिलवस्तु र बौद्ध शिक्षा’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय सरकारलाई १ सय पूर्णाङ्कको पाठ्यपुस्तक बनाएर अध्यापन गराउन सक्ने संविधानमा व्यवस्था भए अनुसार बाणगंगा नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम तयार पारेको हो । नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा (सोमवार) वडा नम्बर ४ झुँगामा रहेको पिस हिमालय रिसोर्टमा ‘स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण’ कार्यक्रम गरिएको छ । ‘स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण’ कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै, कार्यक्रम पुष १२ देखि सुरु भएर १४ सम्म चल्ने नगर शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप–सचिव बाबुराम भट्टराइले जानकारी दिनुभयो ।
जिल्लाका १० पालिकामध्ये बाणगंगामा पहिलोपटक स्थानीय पाठ्यक्रमसुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले पाठ्यक्रममा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक महत्व लगायतका विषयहरु समावेश गरिएको बताउनु भएको छ । उहाँले भन्नुभयो “गौतम बुद्धको जीवनी, बौद्ध दर्शन, योग र कपिलवस्तुका सम्पदाहरु लगायतका विषयहरुलाई सूक्ष्म तरिकाले बालबालिकाले अध्यन गर्न सक्नेछन्” । ‘कपिलवस्तु र बौद्ध शिक्षा’ पाठ्क्रममा आधारित भएर नगरले कक्षा ६ मा ४६ र ७ मा ४७ पेजको ५०, ५० पूर्णाङ्कको पाठ्यपुस्तक सञ्चालनमा रहेका थिए । बाणगंगा नगरपालिकाले यसै शैक्षिक सत्र देखि कक्षा ८को पुस्तक पनि सञ्चालनमा ल्याएको छ । बाणगंगाको सिको गर्दौ जिल्लाका अन्यपालिकाले पनि यसको थालनि गर्न थालेका छन् ।
नगरपालिकाको नगर सभाबाट नीतिगत रुपमा प्रस्ताव गरी कपिलवस्तु र बौद्ध शिक्षा विषयक पाठ्क्रम निर्माण भएको हो । पाठ्यक्रम निर्माणका संयोजक समेत रहनुभएका डम्बर शर्माले १ बर्षसम्म कपिलवस्तुका ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय, सांस्कृतिक र आर्थिक लगायतका विषयमा गहन खोज, अध्ययन, अनुसन्धान गरी पठनपाठनको लागि बिभिन्न विषयवस्तु तयार पार्न सफल भएको बताउनुभयो । उहाँले पाठ्यक्रमको अध्ययनपछि बाल बालिकाहरुले गौतम बुद्धको जीवनी, वौद्ध दर्शन योग लगायतका विषयमा आधारभूत ज्ञान हासिल गर्न सक्ने दावी गर्नुभयो । तिन दिन सम्म चल्ने कार्यक्रममा लुम्बिनी वैद्य विश्वबिद्यालयका उप प्रध्यपक गुनाखर गैरे, वाणगंगा माध्यामिक विद्यालयका शिक्षक विष्णु कुमार थापा, नगर शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप–सचिव बाबुराम भट्टराई लगाएतले प्रशिक्षण दिनु हुने बताइएको छ । प्रयोगात्मक अभ्यासका लागि मधुवनधाम क्षेत्रमा लगिने नगर शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । ‘स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण’ । कार्यक्रममा पेशागत शिक्षक संगठनका प्रतिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन कविराज भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६