अर्थ-वाणिज्य

सूचना नपाएको भन्दै तीन प्रतिसत महिलाको उजुरी



काठमाडौँ १२ पुस — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजमा विद्यमान संस्कृति संस्कारका कारण पनि सार्वजनिक समारोहलगायत अन्य गतिविधीमा महिला सहभागी हुन नसकेको बताएका छन् ।राष्ट्रिय सूचना आयोगद्वारा सोमबार आयोजित ‘सूचनाको हक, महिला सहभागिता चुनौती र अवसर विषयक राष्ट्रिय गोष्ठी’ विषयक अन्तरक्रिया कार्यक्रममा सार्वजनिकस्थलमा महिलालाई सहभागिता गराउन पनि सूचनाको हकमार्फत नै जागरूक बनाउन सकिने उनले बताए ।
नेपाली समाजको विविधता र समाजको वास्तविकतालाई अध्ययन नगरे सभा, समारोहमा दिइने अभिव्यक्ति सतही हुने उनले जनाए । हरेक क्षेत्रमा महिला सहभागिता बढाउने चुनौतीलाई नियाल्दै त्यसलाई अवसरको रूपमा व्यवहारमा उतार्नुपर्नेमा उनको जोड छ ।आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले सूचनाको कमीले सरकारी कार्यक्रमको प्रभावकारी ढंगले कार्यान्वयन नभएको भन्दै सूचना पाउने र माग्ने हकबारे बुझाउन आवश्यक रहेको बताए ।

आर्थिक वर्ष २०७७/७८ मा सूचनाको माग्दै चार सय ४६ जनाले पुनरावेदन गरेकोमा त्यसमध्ये १३ जना मात्र महिलाले सूचना माग गरेको पाइएको समेत उनले बताए । नेपालको सन्दर्भमा गत वर्ष सूचना नपाएको भन्दै उजुरी गर्नेमध्ये तीन प्रतिसत मात्र महिला रहेको भन्दै उनले सूचनाको हकको महत्व र उपयोगितालाई महिला वर्गमा पुर्‍याउन सके सशक्तिकरणको पाटो बलियो हुने बताए ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६