प्रदेश

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



जितपुर १२ पुस ।कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ स्थित सडकमा युपि ५५ के ०४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।मृत्यु हुनेमा सोही नगरपालिका–१ मडाहा बस्ने ६५ वर्षीया सरस्वती अहिर रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अहिरको शिबराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६