अन्तर्राष्ट्रिय

एसियन सेन्ट्रल जोन भलिबलमा महिलातर्फ उपाधिका लागि नेपाल र उज्बेकिस्तान खेल्दै



काठमाण्डौ, १३ पुष । एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधिका लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् ।

बङ्गलादेशको ढाकामा नेपाल र उज्बेकिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालको महिला टोली प्रतियोगिताको साविक विजेता हो । ६ देश सहभागी प्रतियोगितामा नेपाली महिला भलिबल टोली अपराजित छ ।

नेपाली महिला टोली शीर्ष स्थानमा र उज्बेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

महिलातर्फको तेस्रो स्थानका लागि श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् ।

नेपालको पुरुष भलिबल टोलीले भने तेस्रो स्थानका लागि उज्बेकिस्तानसँग खेल्नेछ ।

नेपाल र उज्बेकिस्तानबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ ५ देश सहभागी छन् ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६