जीवनशैली

एमाले रुपन्देहीको अध्यक्षकालागि मुख्य प्रतिस्पर्धामा केसी र घिमिरे




बुटवल १३ पुस । नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन नजिकीदै गर्दा जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ। जिल्ला अध्यक्षका आकांक्षीहरु कोही नेताको घरमा भेटघाटमा ब्यस्त छन भने केही जिल्ला अधिवेशनका लागि छनौट हुने प्रतिनिधीहरुको आफ्नो पक्षका बढाउने अभियानमा ब्यस्त देखिन्छन्। चर्चामा ५÷६ जनाको नाम आएपनि मुख्य प्रतिस्पर्धामा भने जिल्ला नेता तेजेन्द्र केसी र पुरुषोत्तम घिमिरे रहेको एमालेको भरपर्दाै श्रोतको दावि छ ।
पार्टीमा माधव र प्रचण्डले ओलीमाथि कारावाही गरेको घोषणा गरेपछि पुनरगठित पार्टीको रुपन्देही सहसंयोजक भएका तेजेन्द्र केसी यसपालीकालागि सबै भन्दा बलिया प्रत्यासी मानिएका छन् । संकटका बेला पार्टी थामेकाले केसीलाई नै अध्यक्ष बनाउनु पर्ने तर्क एमालेका कार्यकर्ता पंक्तिमा जोडतोडले उठेको छ । नेता केसीले पनि संकट पर्दा सतसाल बनेर उभिएकाले यसपाली अध्यक्ष बन्ने र बन्नु पर्नेमा ढुक्क हुनुहुन्छ ।
यता वर्तमान उपाध्यक्ष पुरुषोत्तम घिमिरे आफुलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार भन्दै आउनु भएको छ । ।यसअघिपनि घिमिरेले माधव नेपालको समुहबाट अध्यक्षमा दावी गरेर अलग्गै प्यानल तयार गरेको भएपनि नेतृत्वले सहमतीका लागि दवाव दिएपछि उपाध्यक्ष पदमा उहालाई राखिएको थियो । करीव २ बर्ष देखिको पार्टी विवादमा मौन जस्तै बसेका घिमिरे पार्टीबाट माधव नेपाल समुह अलग भएपनि घिमिरे एमालेमै रहेकाले यसपाली अध्यक्ष बन्ने दावि गरि रहनु भएको छ ।
साविकका अध्यक्ष शिवराज सुवेदी नेकपा एमालेको दशौ. राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य भई सकेकाले नयाँ नेतृत्व छानिने निश्चित भएको हो ।अफठयारो पष्ििरस्थितीमा सहसंयोजकको भुमिका पाएका केसी शिव सुबेदी विदा भएपछि अध्यक्षको स्वत दावेदार भएको भन्नेहरुको कमी छैन । पार्टी संकटमा पर्दा मैले सहसंयोजकको जिम्मेवारी पाएको थिए अव स्वभाविक रुपमा अध्यक्षको दावेदार म नै हो केसीले दोहोराउनु भएको छ । त्यसैगरी एमाले रुपन्देहीका उप सचिव गोपाल रानाले समेत अध्यक्षमा दावी गर्नु भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले अध्यक्षमा आकांक्षा ब्यक्त गर्नु भएको छ । खुल्ला केन्द्रिय सदस्यमा आकांक्षा देखाएर प्रचार गरेका उहा सहमतीका लागि पछाडी हटेको बताउदै आउनु भएको छ ।
त्यसैगरी सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भई सकेका बलबहादुर आचार्य पनि आकांक्षी रहेको वताइन्छ । त्यसैगरी लामो समयदेखि सिद्धार्थनगरमा पार्टीको काम गर्दै आएका हितराज पन्थी र अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरेले समेत अध्यक्ष हुने आकांक्षी हुन।यहि पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि एमाले रुपन्देहीले पुष १७ गते सवै पालिकामा एकै दिन प्रतिनिधी छनौट हुने मिती तय गरेको छ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६