प्रदेश

४ बर्षमा ३०० बढीले नयाँ जिन्दगी पाए




कपिलवस्तु १३ पुस । लगातार चार वर्ष विते हरेक बर्ष स्थानीयको गुमेकी ज्योती फर्काउदै गए उनी । नयाँ जिन्दगी पाएकाले आशिर्वाद दिने नै भए उनलाई । यतिवेला उनी खुसी छन् । उनले गुमेको ज्योती फर्काएका पाका पुस्ताकाहरु नयाँ जिन्दगी पाएको भन्दै रमाएका छन् । ती उनी हुन् वाणगंगा वडा नं ७ का अध्यक्ष विष्णु गिरी । ४ वर्षमा ३०० वढी आँखाको ज्योती गुमेकाले फिर्ता पाएका छन् ।यसकै पछिल्लो श्रृंखला हालै सम्मपन्न भएको छ ।
जस अनुसार वडा कार्यालयको आयोजना, रण अम्बिका आखाँ अस्पताल भैरहवा र लायन्स क्लव अफ बुटवलको प्राविधिक सहयोगमा निुल्क आखा शिविर सम्पन्न गरिएको छ ।शिविरमा आँखा जाँच, औषधी वितरण र मोतिया बिन्दुको अप्रेशन समेत निःशुल्क गर्ने ब्यबस्था वडा कार्यालयले मिलाएको थियो । जसमा ४ सय ७ जना आखाँ रोगीहरुको आँखा जाँच भएको छ भने ५३ जना मोतिया बिन्दुका रोगीहरु फेला परेका छन् । ती ५३ जनालाई आजै निःशुल्क गाडीको ब्यबस्था गरी निःशुल्क अप्रेशनको लागि वडा कार्यालयले लायन्स आँखा अस्पताल बुटवल पठाएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभएको छ ।

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेले र शाखाका उप प्रमुख भक्ति पाण्डेले कार्यक्रमको अनुगमन गर्नुभएको थियो । शिविरमा स्वास्थ्य परिक्षणलाई अन्त्यन्तै ब्यबस्थापन गरि अपांग, अशक्त, अप्रेशन गरेका पुराना बिरामी र अति बृद्धबृद्धाहरुलाई प्राथमिकतामा राखी परिक्षणको ब्यबस्था मिलाईएको थियो । वडाका सबै जनप्रतिनिधि, वडाका ८ वटै टोल विकास संस्थाका पदाधिकारी दिनभर खटेका थिए भने जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक शम्भुराम खनाल र सहायक प्रधानाध्यापक देवेन्द्र थापाले पनि ब्यबस्थापनमा सक्दो सहयोग पुर्याउनुभएको थियो ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६