कपिलबस्तु, पुस १३
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा खानेपानी शुद्धिकरण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गरिएको छ । बुद्धभूमि नगरपालिका स्थित गोरुसिंगेमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानीकोे शुद्धिकरणमा हरेकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् । लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले खानेपानीलाई हरेक सर्वसाधारणको घरघरमा पु¥याउन प्रदेश सरकार लागिपरेकाले पालिकालाई यस तर्फ ध्यान मन्त्रालयले निर्देशन दिएको बताईन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी राज्यमन्त्री नेपालले जिल्ला स्थानीय पालिकाहरुले खानेपानीको विषयलाई खासै चासो नदिएको बताईन् । अन्तरक्रिया कार्यक्रममा जिल्ला ७ पालिकाहरुका प्रतिनिधिहरुको सहभागिता नरहेको विषयलाई ईकिंत गर्दै राज्यमन्त्री नेपाली यस्तो बताईकी हुन् । उनले दुर्गम स्थानमा खानेपानीलाई विस्तार गर्न सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन् । यस्तै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले एक घर एक धाराको संकल्प प्रदेश सरकारले सुरु गरेको बताएका छन् । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सांसद पन्थीले पालिकाहरुले खानेपानीमा विस्तारै बजेट विनियोजन गर्न लागेको बताए । उनले तराईको सीमा क्षेत्रका नागरिकको चेतनामा कमी भएकाले ओभरहेड ट्याकीं खानेपानीको पहुँच सम्म लैजानुपर्ने बताए । खानेपानी आयोजना निर्माणको काम गर्दा एकीकृत योजना बनाएर दिर्घकालीन रुपमा अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए ।धेरै रकम खर्चेर निर्माण गरेका खानेपानीका आयोजना अन्य भौतिक विकास निर्माणका कामले क्षेती गर्ने हुनाले यस तर्फ प्रदेश सरकार पालिकाहरुको ध्यान पुग्नुपर्ने बताए । उनले कपिलवस्तुमा शुद्ध खानेपानी नभएकाले हैजा आउनु दुःखद रहेको बताउँदै खानेपानी उपभोक्ता महासंघले गरेको कार्यक्रम उल्लेखनीय रहेको बताए । सांसद पन्थीले खानेपानीबाट लाग्ने रोगबाट बच्न र खानेपानीलाई शुद्धिकरण गर्न सम्पुर्ण उपभोक्ता सचेत हुन आवश्यक रहेको बताए ।विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि गाउँपालिकाले विभिन्न योजना बनाएको बताए । उनले विजयनगर गाउँपालिका लुम्बिनी प्रदेशकै पछाडी परेको गाउँपालिका रहेकाले खानेपानी मात्र नभई हरेक क्षेत्रमा विकासको खाका तयार पार्दै गएको बताए ।कार्यक्रममा महाराजगंज नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामनन्द प्रसाद कहार ,खानेपानी डिभिजन कार्यालयका प्रमुख कमल पन्त , खानेपानी महासंघका केन्द्रिय सदस्य कमला न्यौपाने , खानेपानी समहासंघका केन्द्रिय सदस्य राधिका पन्त , नेपाल पत्रकार महासंघका कार्य समिती सदस्य पार्वती आचार्य लगाएतले बोल्दै मानव जिवनकालागि पानी महत्वपुर्ण भएको हुँदा खानेपानी शुद्धिकरणलाई व्यबस्थापन गर्न सबैले सहयोग पुराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र बिक्रम शाहले खानेपानी शुद्धिकरण, ब्यबस्थापन तथा सरसफाईमा सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष शाहले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन लागि परेको बताए ।
१३ पुस २०७८, मंगलबार
प्रतिक्रिया