अर्थ-वाणिज्य

अनुदानको मल बिक्री गर्न खोज्ने २ पक्राउ




कपिलवस्तु १५ पुस । किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका–९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् ।
उनीहरुले मंगलबार राति सहकारीका लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि ल्याउँदै गर्दा प्यूठान–८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६