जीवनशैली

कपिलवस्तुको संयुक्त एम्बुलेन्स चालक संघ को अध्यक्षमा कमल घिमिरे



कपिलवस्तु १८ पुस ।

संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको चौथो बार्षिक साधारण सभा अधिवेशन सम्पन्न भएको छ ।

बार्षिक साधारण सभामा संस्थाको आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै चौथो अधिवेशनले कमल घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा हरि कृष्ण लोध, उपाध्यक्षमा हरिराम ढवल, सचिवमा कृष्ण पोख्रेल, सहसचिवमा सहराजुद्धिन मुसलवान, कोषाध्यक्षमा अनुप कुमार ओझा र सह कोषाध्यक्षमा अस्रफ मलिक चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कमल अर्याल, मुक्तार अलि, प्रदिप मल्ल, विजय बहादुर चौधरी, नेत्रराम यादव, पवन कुमार यादव राजनारायण कुर्मी चयन भएका छन् ।

अध्यक्ष भएसंगै घिमिरेले बिरामीहरुको उपचारका लागि २४ सै घण्टा अनवरत रुपमा खटिने एम्बुलेन्स चालकका समस्या, चुनौती, समाजले हेर्ने दृष्टिकोण तथा अप्ठ्याराहरुको बारेमा स्पष्ट पारेका थिए ।

अध्यक्ष घिमिरेले अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै संस्थालाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष घिमिरेले विगतका दिनमा कोरोनाले आक्रान्त फैलाएको समयमा स्वास्थ्य सुरक्षा सामग्रीहरु अभाव भएको बेलामा पनि विरामी लिएर अस्पताल जाँदाको पिडा पनि सुनाए ।

उनले कोरोनका लहर, विभिन्न महामारीको समय, सवारी दुर्घटना, प्राकृतिक विपद जस्ता जटिल परिस्थितीमा पनि एम्बुलेन्स चालकले जनताको सेवा गर्ने भएकाले सम्बन्धित निकायले यस तर्फ सोच्न आवश्यक रहेको बताए ।

उनले जस्तो सुकै परिस्थितीमा पनि बिरामीहरुको साथमा आफु रहने बताउदै सबैलाई समावेश गरि संस्थालाई समाजीक सेवामा अब्बल संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६