प्रदेश

जनमतपार्टीका १ दर्जन कार्यकर्ता पक्राऊ : लाठी भाटा सहित आएपछि धरपकड




रुपन्देही १८ पुस। रूपन्देही प्रहरीले जनमत पार्टीका १२ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । किसान आन्दोलन संघर्ष समितिको नाममा चार दिनदेखि उक्त पार्टीले भैरहवा–लुम्बिनी र भैरहवा–परासी सडकखण्डमा चक्काजाम गर्दै आएको थियो । शान्तिपूर्ण चक्काजाम भनिए पनि जनमत पार्टीका कार्यकर्ता लाठी–भाटा बोकेर चक्का जाममा उत्रिएका थिए । आइतबार भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न आएका जनमतका कार्यकर्तालाई प्रहरीले सामान्य बल प्रयोग गरी हटाएको थियो ।त्यसपछि धकधईमा गएर चक्काजाम गरेका थिए । चक्काजामलाई निरन्तरता दिएपछि प्रहरीले समान्य बल प्रयोग गरेर सडक अवरोध खुलाएको र १२ जना पार्टीका नेता–कार्यकतालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदिप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष विष्णु चौधरी, लगायत छन् । बिहीबारदेखि ‘आम हड्ताल सफल पारौं, किसान आन्दोलन सफल पारौं’ भन्दै ब्यानर र लाठी बोकेर जनमत पार्टीका कार्यकर्ता सडकमा उत्रिएका थिए । जसले गर्दा भैरहवा–लुम्बिनी आउजाउ प्रभावित भएको थियो । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उक्त पार्टीले सडकमा रोकावट गरेको थियो ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६