पर्यटन

एकै ठाँउबाट धेरै स्वाद पस्किदै बाणगंगा ।




कपिलवस्तु, १९ पुष ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम बाणगंगा सडक खाना महोत्सव हुने भएको छ । बाणगंगा नगरपालिका वडा न. ४ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन दुई दिने सडक खाना महोत्सव गर्न लागेको हो । आन्तरीक तथा बाह्य पार्यटकलाई पुस २९ र ३० गते विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सवको हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडीय स्वादिष्ट परिकाहरु राखिने बताईएको छ ।

कार्यक्रमा लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका राज्यमन्त्री रिना नेपालले भनिन् “आन्तरिक पर्यटकलाई एकै स्थानमा थरीथरी स्वाद दिन खाना महोत्सव आयोजना गरिनु अत्यन्तै राम्रो पक्ष हो ।” यस्ता महोत्सवहरुले पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने उनले बताईन । विशेष गरी आफ्नो गृह जिल्लाको कार्यक्रम भएकाल आफूले मन्त्रालयबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृह जिल्लालाई विशेष ध्यान दिने प्रतिबद्धता जहेर गरिन ।

यस्तै पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ती पाण्डेले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने कार्यक्रमहरुलाई आफूहरुले सक्दो सहयोग गर्ने बताए । महोत्सवको सह–आयोजक पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेको बताउँदै आगामी वर्षहरुमा हुने महोत्वहरुमा विशेष सहयोग गर्ने सकिने जिकिर गरे ।

बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले सडक खाना महोत्सवमा १५ वटा स्टल रहने, थारु समुदाय, मगर र नेवार सँगै बाहुन क्षेत्रीहरुका खानाका परिकार पनि राखिने बताए । स्थानीयहरुले टोलटोलबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउँदै बाणगंगा नगरवासीले प्रथम सडक खाना महोत्सवलाई सफल पार्न सहयोग गर्न क्षेत्रीले अपिल गरे । यो वर्षबाट महोत्सवलाई सुरु गरिएको र आगामी वर्षहरुमा पनि निरन्तरता दिने गरि सावधानी अपनाउँदै महोत्सव गरिने वडा अध्यक्ष क्षेत्रीको भनाई छ ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले सफल रुपमा कपिलवस्तु महोत्सव सम्पन्न गरेका युवाहरुको नेतृत्वमा प्रथम बाणगंगा सडक खाना महोत्सव आयोजना गरिनु अत्यन्तै राम्रो भएको र आपू र संघले सहयोग गर्ने बताउँदै सडक खाना महोत्सव सफल हुने बताए ।

सडक खाना महोत्सवमा स्थानीय जातजाति झल्किने विभिन्न परिकारहरुको स्वाद एकै स्थानमा लिन पाउने संयोजक बुद्धिबहादुर रोकाहा दिनेश क्षेत्रीले बताए । यस्तै सडक खाना महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने क्षेत्रीले बताए ।

बिशेष गरि स्थानिय स्तरमा रहेका थारु, मगर, गुरुङ, नेवार र पहाडी समुदायहरुको परिकार न्यून मूल्यमा उपलब्ध गराईने महोत्सवका निर्देशक सुशील सिंह ठकुरीले बताए । पहिलो पटक नै महोत्सव २ दिन आयोजना गरि कपिलवस्तुको पर्यटन प्रवद्धनमा पनि सहयोग पुग्ने आफूहरुले अपेक्षा लिएको ठकुरीको भनाइ छ ।
पत्रकार सम्मेलनमा समाजसेवी एवम् युवा नेता शक्ति सिंह ठकुरी, तिलक थापा, चन्द्रकान्त पोख्रेल, पत्रकार हरि घिमिरे, चन्द्रकान्त न्यौपाने, सागर बिक, कृष्ण प्रसाद पौडेल, लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६